खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु

झापा, २ भदौ । झापाको कचनकवल गाउँपालिका–१ घेरावारीस्थित भेलामुनी निवासी अम्मर श्रेष्ठको ११ वर्षीय छोरा सुलभको आज खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ । बिहान घरनजिकै खेल्दै गरेका उनी अचानक बेपत्ता भएका थिए ।

बिहान ६ बजेबाट बेपत्ता भएका बालकको खोजी गर्ने क्रममा उनलाई आफन्तले घर नजिकै रहेकोे खाल्डोमा डुबेको देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालकको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा शवपरीक्षण गरिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *