महान्यायाधिवक्ता भण्डारीको शपथ शुक्रबार

काठमाडौं, भदौ १ । सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता नियुक्तिका लागि बुधबार सिफारिस गरिएका वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारीको शपथ कार्यक्रम शुक्रबार तोकिएको छ ।

नेपालको संविधानअनुसार महान्यायाधिवक्ता नियुक्तिका लागि प्रधानमन्त्रीले सिफारिस गर्ने र राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ । विसं २००२ मा काठमाडौँको ठमेल गल्कोमा जन्मिएका भण्डारीले त्रिविबाट अर्थशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । उनले विसं २०३० देखि वकालत शुरु गरेको हो ।

उनले नेपाल बार एशोसिएसनको केन्द्रीय सदस्य हुँदै अध्यक्षमा समेत प्रतिस्पर्धा गरेको थियो । बरिष्ठ अधिवक्ता भण्डारीले संविधान र कानुनअनुसार आफ्नो अनुभव र क्षमतालाई प्रयोग गरेर सकेसम्म प्रभावकारी ढंगले सरकारी मुद्दामा प्रतिरक्षा गरिने प्रतिबद्धता गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *