साफ यु–१५ च्याम्पियनसिपः उपाधि जित्ने नेपालको लक्ष्य

काठमाडौं, भदौ १ । राजधानीमा शुक्रबार (भोलि)देखि १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान गरी दक्षिण एसियाका ६ राष्ट्रहरुले प्रतिस्पर्धा गर्नेछन् ।

सहभागी राष्ट्रहरुलाई दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा भारत र माल्दिभ्ससँगै नेपाल समूह ‘बी’मा रहेको छ । यस्तै, समूह ‘ए’मा बंगलादेश, श्रीलंका र भुटान रहेका छन् ।

समूहमा शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार बंगलादेशले श्रीलंकाको सामना गर्नेछ ।

खेलको पूर्वसन्ध्यामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै दुबै देशका प्रशिक्षकले आफ्नो टोली जितका लागि मैदान उत्रने बताएका छन् ।

आयोजक नेपालले आफ्नो पहिलो खेलमा आगामी सोमबार माल्दिभ्ससँग खेल्नेछ ।

नेपाली टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले प्रतियोगिताको उपाधि जित्नु नै आफ्नो टोलीको प्रमुख लक्ष्य रहेको बताए ।

उनले प्रतियोगितामा भारत बलियो रहेपनि आफ्नो टोली उसलाई चुनौती दिन तयार रहेको दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *