चार लायन्सले गरे सहयोग

विपिन शर्मा, मकालु खबर । रत्ननगरमा क्रियाशील चार वटा लायन्स क्लवहरुले बाढी पीडित १५ घरपरिवारलाई राहत वितरण गरेको छ । लायन्स क्लब अफ रत्ननगर,लायन्स क्लब अफ रत्ननगर मिड नेपाल,लायन्स क्लब अफ पिस र लायन्स क्लब अफ रत्ननगर समृद्धीले सयुक्त रूपमा बुधवार रत्ननगर ८ लालपर्साका बाढी पीडितलाई राहत वितरण गरेका हुन् ।

लालपर्सा स्थित कुमाल टोलका बाढी पीडितलाई प्रति परिवार १ बोरा चामल, २ मिटर म्याट, दाल, चिउरा, चाउचाउ, तेल, आलु, भुजा, सोयविन वितरण गरिएको लायन्स क्लब अफ रत्ननगर पिसका अध्यक्ष सविन रेग्मीले जानकारी दिए । लायन्स क्लब अफ रत्ननगरका अध्यक्ष ओमप्रकास गुप्ता, मिडका अध्यक्ष जगदिशचन्द्र शर्मा, पिसका अध्यक्ष सविन रेग्मी, समृद्धीका अध्यक्ष गङ्गा सुवेदीसहितको क्लबका पदाधिकारी र सदस्यहरू तथा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ वि टुका पूर्व अध्यक्षहरु घनश्याम भट्टराई, प्रभातकुमार जोशीको विशेष उपस्थितिमा राहत सामाग्री वितरण गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *