बाढी पिडीतकालागि सहयोगार्थ आएका विदेशी नागरिक माथि दुर्व्यवहार (भिडियो सहित)

२०७४ जेठ १५ गते

“
भदाै १, मकालु खबर । घरबार बिहिन भएका तथा गाँसबासको अभावमा परेका नेपालको तराई क्षेत्रका बाढी पिडितहरुको सहयोगार्थ विभिन्न सङ्घ संस्थाहरू अहिले लागि परेका छन् । बाढीबाट पीडित हाम्रा तराईका नेपाली दाजुभाईहरुलाई औषधि, खाना र लत्ता कपडाको अभाव छ । यस्तो दुख: को घडीमा जो कोहीको मन दुख्छ ।
यस्तै कोमल मन भएका विदेशी नागरिक फिलिप फ्लक नेपालीहरूको दुख: मा मलम लगाउन आए । तर, विमानस्थलका कर्मचारीहरूले उनीसँग जबर्जस्ती पैसा असुल्न खोज्ने र हात हाल्नेसम्म भ्याए ।
के विमानस्थलका कर्मचारीहरूलाई तराईबासी नेपालीको माया छैन?, के नेता र कर्मचारीहरुका लागि दैविकप्रकोप पैसा कमाउने मौका हो र ?
आम जनताले प्रश्न गर्न थालिसकेका छन् ।
https://youtu.be/rLJv93ONhm8
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित