अमेरिकाद्वारा पाकिस्तानी हिजबुल मुजाहिद्दीन आतंकवादी संगठन घोषित

२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ १ । अमेरिकाले पाकिस्तानको कश्मीरमा सैन्य गतिविधि गर्दै आएको संगठन हिजबुल मुजाहिद्दीनलाई आतंकवादीको सूचिमा राखेको छ । अमेरिकाले पाकिस्तानी संगठन हिजबुल मुजाहिद्दीनलाई विदेशी आतंकवादी संगठन तथा विश्वको आतंवादी गुट घोषणा गरेर उसमाथि प्रतिबन्ध लगाएको हो । अमेरिकाको विदेश विभागले मुजहिद्दीनलाई आतंकवादी संगठनमा राखिएको घोषणा गर्दै अमेरिकी वित्तिय संस्थामा रहेका
यो संगठन तथा यसका नेताको सम्पती रोक्का गरिएको तथा कारोबारमा प्रतिबन्ध लगाइएको जनाएको छ । यस्तै मुजाहिद्दीन विरुद्धको कारवाही अभियानमा अमेरिकी सुरक्षाकर्मी तथा अरु सरकारी निकायको सहयोग मिल्ने पनि उल्लेख गरिएको छ । मुजाहिद्दीनले पाकिस्तान प्रशासित कश्मीरमा आफ्नो गतिविधि चलाउँदै आएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित