नेपाली काँग्रेस नेता निधि अस्पतालबाट डिस्चार्ज

“काठमाडौं, साउन ३२ ।  नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई स्वास्थ्य उपचारपछि बुधवार साँझ ओम अस्पतालबाट डिस्चार्ज गरिएको छ  ।

नेता निधिलाई ग्यास्ट्राइटिस सिभियरको समस्या देखिएको उपचारमा संलग्न डाक्टर राहुल पाठकले जानकारी दिए । डाक्टर पाठकका अनुसार निधिले अब केही दिन पूर्ण रुपमा आराम गर्नुपर्नेछ । सोमबार राति अचानक पेट दुखेपछि निधि ओम अस्पतालमा भर्ना भएका थिए ।

आज बिहान अस्पताल पुगेर प्रधानमन्त्री शेरबहादुर देउवा सहित मन्त्रीहरु, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले निधिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थिए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *