जंगली हात्तीको बथानले तीन घर भत्कायो


“
कन्चनपुर, साउन ३२ । भारतको दुधुवा नेशनल पार्कबाट आएको हात्तीको बथानले कञ्चनपुरको पुनर्वास नगरपालिका– ६ ङ गाउँका बासिन्दाका तीन घर भत्काएको छ ।
गएराति आएको हात्तीको बथानले स्थानीय हरिकला कामी, पूर्णमाया विक र दिनेश विकको घर भत्काई घरभित्र राखेको अन्नपात सबै खन्याएर नोक्सानी पु¥याएको छ । “लत्ताकपडा, भाँडाकुँडासमेतमा नोक्सानी पु¥याउँदा बिचल्लीमा परेका छौँ”– पीडित हरिकलाले भने । रातिका बेला बस्ती छिरेको हात्तीको बथानले एक दर्जन भन्दा बढी किसानले करिब १० बिगाहा जग्गामा लगाएकोे धान, मकै र तीलबाली खाएर नोक्सानी गरेको छ । हात्ती बस्तीमा पसेर धमाधम घर भत्काउन थालेपछि धेरै जनाले भागेर ज्यान जोगाएको दिनेश विकले बताए ।
हात्तीले घर भत्काएका परिवारको अवस्थाबारे बुझ्न आउनुभएका पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले पीडित परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउने आश्वासन दिएका थिए।
“
