जापानमा नेपालको पहिलो जित
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, साउन ३२ । एएफसी एसिया कपको तयारीका लागि जापान पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले क्वानसेइ गाक्वुइन विश्वविद्यालयलाई पराजित गर्दै विजयी भएको छ ।
जापानमा बुधबार भएको मैत्रीपूर्ण खेलमा नेपालले विश्वविद्यालयलाई २–१ गोलअन्तरले पराजित गर्दै पहिलो जित दर्ता गराएको हो ।
यसअघि, आइतबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाली टोलीले जापानको गाम्बा ओसाका २३ वर्षमुनि (यु–२३ ) टोलीसँग १–१ गोलको बराबरी खेलेको थियो ।
नेपालको जितमा विमल घर्तीमगर र सुमन लामाले गोल गरे । विमलले खेलको पहिलो हाफको १२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।
जापानका खेलाडीले खेलको २५औं मिनेटमा एक गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यस्तै, सुमनले खेलको दोस्रो हाफको अतिरिक्त समय (९० प्लस १ )मा गरेको एक गोल नै नेपालका लागि निर्णायक गोल सावित भयो ।
नेपालले जापान भ्रमणमा विभिन्न पाँच मैत्रीपूर्ण खेल खेल्नेछ । जसअन्तर्गत् नेपालले बिहीबार आफ्नो तेस्रो खेलमा अमिटिज स्पोर्ट्स् क्लबसँग खेल्नेछ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित