प्रदेश र संघीय चुनाव एकै पटक गर्न तीन दल सहमत

काठमाडौं, साउन ३२ । प्रमुख तीन दलबीच केन्द्रीय संसद र प्रदेशसभाको निर्वाचन एकैपटक गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार प्रमुख तीन दलका शीर्ष नेताहरुबीच भएको छलफलमा मंसिर दोस्रो साताभित्र एकैदिनमा निर्वाचन गर्ने सहमति भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने मंसिर १० गतेभित्र निर्वाचन हुनुपर्ने धारणा राखेको छ ।

यस्तै, संविधान संशोधनको विषयलाई पनि भदौ ५ गतेभित्र मतदान प्रक्रियामा लगेर टुंग्याउने सहमतिसमेत भएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *