हुलाक सेवा विकासका लागि संचार मन्त्रालयले सहयोग गर्छ : बस्नेत

काठमाडौं, साउन ३२ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले हुलाक सेवा विकासका लागि मन्त्रालयले सहयोग गर्ने बताउनुभएको छ । गोश्वारा हुलाक कार्यालयले आज काठमाण्डौमा गरेको डाँक ढुवानी सवारीको उद्घाटन कार्यक्रममा उहाँले प्रतिस्पर्धाको जमानामा हुलाक सेवालाई थप प्रभावकारी बनाउन यसलाई आधुुनिक प्रविधियुक्त बनाएर लग्नुपर्ने आवश्कता औल्याउनुभयो ।

मन्त्री बस्नेतले संविधान कार्यान्वयन र देशको आर्थिक विकासका लागि सबै एकजुट भएर लाग्नुपर्ने धारणा पनि व्यक्त गर्नुभयो । सञ्चार मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले नयाँ प्रविधिको विकाससँगै हुलाकलाई पनि प्रविधिमैत्री बनाउँदै सेवा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *