प्रधानमन्त्रीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल

काठमाडौं, साउन ३२ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगसँग प्रदेशसभा तथा प्रतिनिधिसभा दुबै निर्वाचन एकैपटक गर्न सकिने,नसकिने बारेमा छलफल गर्नुभएको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव, निर्वाचन आयुक्त नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले यसबारे जानकारी माग्नुभएको हो ।

छलफलका क्रममा आयोगका प्रतिनिधिले निर्वाचनको लागि समय कम हुँदै गएको, व्यवस्थापन गर्नको लागि आवश्यक पर्ने ऐन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त भई नसकेको अवस्थामा दुईवटै निर्वाचन सञ्चालन गर्न कठिनाइ हुनेबारे जानकारी गराएका थिए । व्यस्थापकीय हिसाबले मंसिरको पहिलो हप्तामा प्रतिनिधिसभाको निर्वाचन गर्न सम्भव रहेकाबारे प्रधानमन्त्रीलाई जानकारी गराएको आयोगका प्रवक्ता सुर्य शर्माले जानकारी दिनुभयो ।

आयोगले प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन एकैपटक सञ्चालन गर्न व्यवस्थापकीय हिसाबले कति सम्भव हुन्छ भन्नेबारे आयोगमा थप छलफल गरेर मात्र जानकारी दिनसक्ने बताएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *