जडीबुटी प्रशोधन केन्द्र सञ्चालनमा

कञ्चनपुर, ३२ साउन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीमा जडीबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएको छ । निड्स नामक गैरसरकारी संस्थाको रु पाँच लाख २० हजारमा जडीबुटी प्रशोधन गर्ने मेसिन खरिद गरी जडानपश्चात् केन्द्र सञ्चालनमा ल्याइएको हो ।

प्रशोधन केन्द्र सञ्चालनका लागि स्थानीय उपभोक्ताले रु दुई लाख बढीको लागतमा घर निर्माण गरेका छन् । चार समूहका २०० बढी उपभोक्ताले खेतीयोग्य जग्गामा मेन्था, क्यामामाईलको खेती गरेको केन्द्र सञ्चालन समितिका संयोजक सुरतबहादुर साउदले बताउनुभयो । “सामुदायिक वन र बाँझो जग्गामा सिट्रोनेला, तमारोजा, लेमनग्रास, कडिपत्ता रोपेर आम्दानी हुन थालेको छ” उहाँले भन्नुभयो ।

केन्द्र सञ्चालनमा आएपछि क्यामामाईल रु २० हजार र मेन्था रु २८ हजार मा बिक्री गरी रकम उपभोक्ता समितिको कोषमा जम्मा गरिएको उहाँले बताउनुभयो ।

जडीबुटी खेतीलाई प्रवद्र्धन गर्नका लागि निड्सले उपभोक्ता समितिलाई रु एक लाखको घुम्तीकोषका रुपमा रकमसमेत उपलब्ध गराएको छ ।

बिना ब्याज रकम पाइएपछि यहाँका अधिकांश परिवारले थोरै श्रम र लगानीमा उत्पादन हुने जडीबुटीको खेतीलाई अगाडि बढाएका छन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *