बाजुरामा कार्यरत कर्मचारीले एक दिनको तलव बाढी पीडितका लागि दिने


“
बाजुरा, साउन ३१ । बाढी, पीडितको सहयोगार्थ बाजुरामा कार्यरत कर्मचारीले एक दिनको तलव बराबरको रकम सहयोग गर्ने भएका छन । जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामीछानेको अध्यक्षतामा आज विहान बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
अविरल बर्षापछि तराईका जिल्लामा भएको धनजनको क्षतिप्रति दुख ब्यक्त गर्दै जिल्ला दैवी प्रकोप उद्धार समितिले बाजुरामा कार्यरत निजामति, गैरसरकारी, नेपाली सेना, नेपाल प्रहरी, शिक्षक लगायत कर्मचारीले एक दिनको तलव बरावरको रकम बाढी प्रभावितलाई सहयोगस्वरुप प्रदान गर्ने निर्णय गरेको हो । बाजुराका कर्मचारीको एक दिनको तलवदैवी प्रकोप उद्धार समिति बाजुरा मार्फत केन्द्रलाई पठाउने निर्णय गरिएको हो । यसअघि जिल्ला समन्वय समितिको हिजो बसेको पहिलो बैठकले उक्त दिनको भत्ता बाढी पिडीतका लागि उपलब्ध गराउने निर्णय गरेको थियो ।
“
