‘एन्टी स्नेक भेनम’ र ‘एन्टी रेबिज भ्याक्सिन’को अभाव

नुवाकोट, साउन ३१ । नुवाकोटमा सर्प र कुकुरले टोकेपछि आवश्यक पर्ने औषधि सकिएको छ । सर्पले टोकेपछि चाहिने ‘एन्टी स्नेक भेनम’ र कुकुरले टोकेपछि लगाइने ‘एन्टी रेबिज भ्याक्सिन’ सकिएको जिल्ला अस्पताल त्रिशूलीका सूचना अधिकृत भुवनराज केसीले जानकारी दिनुभयो ।

नुवाकोटमा जिल्ला अस्पताल त्रिशूलीमा मात्र सर्पले डसेको र ‘बौलाह’ कुकुरले टोकेको उपचार हुने गरेको छ । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आवश्यक औषधि समयमै नपठाउँदा अस्तालमा जाँच गराउन जाने बिरामीलाई उपचारमा समस्या भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा अहिलेको बर्खायाममा एक सातामा नुवाकोट सहित छिमेकी जिल्ला रसुवा र धादिङबाट सर्पको डसाईबाट बिरामी भएका पाँच जनासम्म सेवा लिन आउने गरेका छन् ।

कुकुरले टोकेका बिरामी दैनिक एक भन्दा बढी आउने गरेको अस्पतालको तथ्याङ्क छ । औषधि नभएकाले जाँच गराउन आएका बिरामीलाई रोग नियन्त्रण महाशाखामा सिफारिस गर्ने गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डन डा.सूर्य भूषालले जानकारी दिनुभयो । नेपाल सरकारले निःशुल्क उपलब्ध गराउदै आएको ‘एन्टी स्नेक भेनम’ र ‘एन्टी रेबिज भ्याक्सिन’ जिल्लामा नहुदाँ बिरामीले समयमै उपचार पाउन सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *