अहिलेसम्म बाढी र डुबानका कारण एक सय ११ जनाको मृत्यु

काठमाडौं, साउन ३१ । झापा, मोरङ, सुनसरी, सिरहा, सर्लाही, सप्तरी, रौतहट, कैलाली, पर्सा, बाँके, दाङलगायत तराई– मधेशका जिल्लामा बाढीका कारण एक सय ११ जनाको मृत्यु भएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा गृहमन्त्री जनार्दन शर्माले ती जिल्लाका ८० प्रतिशत भूभागका साथ हजारौं घर डुबानमा परेको, ३५ जना हराइरहेको र हजारौं जनता विस्थापित भएको जानकारी दिनुभयो ।

गृहमन्त्री शर्माले बाढीबाट मृत्यु भएका परिवारलाई रु दुई लाख र घर मर्मत गर्न रु दश हजार वितरणसमेत शुरु भएको जानकारी दिँदै बाढीपीडितलाई भोलिसम्म व्यवस्थापन गरिसकिने दावी गर्नुभयो । मन्त्री शर्माले बाढीपीडित परिवारमा रोगको संक्रमण नफैलियोस् भन्नाका लागि जनसंख्याका आधारमा चिकित्सक परिचालन तथा क्षतिग्रस्त भौतिक संरचनाको विवरण लिन शुरु गरिएको बताउनुभयो ।

व्यवस्थापिका–संसद्को आजको विशेष समयमा सांसद्हरूले बाढीपहिरोबाट प्रभावितको शीघ्र र प्रभावकारी उद्धार, राहत र पुनःस्थापनामा ध्यान दिन आग्रह गरेका छन् । मृतकका परिवारलाई कम्तीमा रु पाँच लाख दिन र घर निर्माण खर्च बढाउन पनि उनीहरुले माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *