प्रहरी जवानद्वारा सहकर्मीलाई गोली प्रहार

नरहरि पौड्याल, पोखरा । पोखराको रत्न मन्दिरको सुरक्षार्थ खटिएका एक सैनिक जवानले सहकर्मीलाई नै गोली प्रहार गरी हत्या गरेका छन् ।

दार्चुला स्थायी घर भई रत्न मन्दिरभित्र सुरक्षामा खटिएका सैनिक प्युठ बसन्त लोहारले बैतडी घर भएका गणेश विष्टको मंगलवार बिहान ४ः३० बजे गोली हानी हत्या गरेको वडा प्रहरी कार्यलय बैदामका प्रहरी निरिक्षक बसन्त शर्माले बताए ।लोहोरले विष्टलाई सात राउन्ड गोली प्रहार गरेको शर्माले बताए । गोली प्रहार गर्ने लोहारलाई सेनाले नियन्त्रणमा लिएको छ ।

आपसी मनमुटावका कारण सहकर्मीमाथि गोली हानेको हुन सक्ने निरीक्षक शर्मााले बताए । पोखराको फुलवारीस्थित सिद्धिबक्स गणबाट रत्न मन्दिरको सुरक्षामा सेना खटिँदै आएको छ । गोलीकाण्डबारे थप विवरण आउन बाकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *