महासङ्घमा युनियन र सेन्टरबिच चुनावी तालमेल

साउन ३१, काठमाडौँ । नेपाल पत्रकार महासङ्घको २५ औँ महाधिवेशनमा नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपाल बिच चुनावी तालमेल हुने भएको छ । दुई सङ्गठन बिच भएको सहमति अनुसार सेन्टरले अध्यक्ष पाउने भएको छ । भने, युनियनले खुला उपाध्यक्ष र महासचिव लिने भएको छ ।

सेन्टरको तर्फबाट अध्यक्षमा गोविन्द आचार्य उम्मेदवार हुने भएका छन् । भने, युनियनबाट उपाध्यक्षमा विपुल पोखरेल र महासचिवमा रमेश विष्ट उम्मेदवार हुने भएका छन् । सेन्टरले आचार्यलाई अध्यक्षमा उम्मेदवार बनाउने निर्णय पहिले नै गरिसकेको छ । युनियनको सोमबार बसेको सचिवालय बैठकले उपाध्यक्षमा पोखरेल र महासचिवमा विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *