‘टिन च्वाइस’ मा किन परेनन् प्रियंका र दीपिका ?

काठमाडौं, साउन ३१ ।  टीन च्वाइस–२०१७ पुरस्कार समारोहमा भारतीय अभिनेत्री प्रियंका चोपडा र दीपिका पादुकोणले पुरस्का जित्न सकेनन् । टीभी शो ‘रिभरडेल’ र फिल्म ‘वन्डर वुमन’ ले कयौँ पुरस्कार जिते । दीपिका उनको पहिलो हलिउड फिल्म ‘ट्रिपल एक्सः रिटर्न अफ द जेन्डर केज’ का लागि च्वाइस एक्सन फिल्म अभिनेत्रीको श्रेणीमा छनौटमा परेकी थिइन् । उनलाई इजरायली अभिनेत्री गेडोटले उछिनेर ‘वन्डर वुमन’ का लागि पुरस्कार जितेकी थिइन् ।

अभिनेत्री प्रियंका चोपडा उनको पहिलो हलिउड फिल्म ‘बेवाच’ का लागि च्वाइस मुभी भिलेनको श्रेणीमा छनोट भएकी थिइन् । उनको प्रतिस्पर्धामा चार्लिज थेरोन, जेम्स म्याकभोए एलिजाबेथ वैंक्स, जेभियर बार्डेम र ल्युक इभान्ससँग थियो । यो पुरस्कार इभान्सको हात पर्यो । किशोरावस्थाका दर्शकले छनोट गर्ने यो पुरस्कारको घोषणा आइतबार गरिएको थियो ।

वेबसाइट ‘ईडब्ल्यूडटकम’ का अनुसार यो वार्षिक पुरस्कारमा फिल्म, टेलिभिजन, संगीत, खेल, फेशन, कमेडी र वेबसँग जोडिएका युवाव आइकनलाई पुरस्कृत गरिन्छ ।

चलचित्र ‘वन्डर वुमन’ का लागि च्वाइस एक्सन फिल्म अभिनेताको पुरस्कार क्रिस पाइनले जिते । यही चलचित्रले च्वाइस एक्सन फिल्मको पुरस्कार पनि जितेको थियो ।

सांटिफिक फिल्मको पुरस्कार ‘गार्डियस अफ द ग्यालेक्सी भोल्युम–२’ ले जित्यो । फेन्टसी फिल्मको पुरस्कार ‘ब्युटी एन्ड द बिस्ट’ ले पायो । यो चलचित्रकी अभिनेत्री एमा वाट्सनले पुरस्कार जितिन् ।

अभिनेता ड्वेन जनसनलाई चलचित्र ‘मोआना’ का लागि पुरस्कृत गरियो । ‘फुलर हाउस’ लाई मनपराइएको कमेडी टीभी शोको पुरस्कार प्रदान गरियो । संगीतमा मनपराइएका पुरुष गायक हेरी स्टाइल्सलाई पुरस्कृत गरियो भने गायिकाको पुरस्कार एरियाना ग्रांडेले पाइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *