मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

पर्सामा दुई भारतीयसहित चारजनाको शव फेला

वीरगञ्ज, ३० साउन । विगत केही दिनयता परेको अविरल वर्षाको कारण पर्सा जिल्लामा बाढीले हालसम्म दुई भारतीयसहित चारजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बाढीले बगाउँदा पिपरडारीका ५० वर्षीया बुनिदेवी महतो, झौवागुठीका १२ वर्षीय विवेककुमार साह, भारतीय नागरिक ५० वर्षीय रामस्वरुप माझी र ४२ वर्षीया नुराखातुनको शव फेला परेकोे प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले राससलाई बताउनुभयो ।

आइतबार दिउँसो भैँसी चराउन गएकी महत्तो घर फर्किने क्रममा भैँसीको पुच्छर समातेर घर नजिकै रहेको नदी तर्न खोज्दा बाढीले बगाएको थियो । भने हालसम्म महत्तोको शव फेला परेको छैन । यस्तै विन्धवासिनी गाउँपालिका–३ झौवागठीका १२ वर्षीय विवेककुमार साह तिलावे नदीमा आएको बाढी हेर्न गएको बेला उनलाई बाढीले बगाएको थियो ।

यसैगरी पश्चिमी भेगमा रहेको पौर्ताहा र दशैया खोलामा आएको बाढीले भारत बेलहीयाका रामस्वरुप माझीलाई पकहामैनपुर र नुना खातुनलाई जानकिटोला नजिक रहेको खोलाले बगाएको अवस्थामा शव फेला परेको थियो । निज खातुनको शव परिवारले लगेको प्रहरीले जनाएको छ । रासस

प्रतिकृयाहरु
Loading...