जाेगबनीमा ६ वटा शव पानीमा तैरिरहेकाे अवस्थामा फेला

साउन ३०, मकालु खबर । विराटनगर नजिकैकाे भारतिय बजार जाेगबनीमा ६ वटा शव पानीमा तैरिरहेकाे अवस्थामा फेला परेको छ । पानीबाट ४ वटा शव निकालिसकिएकाे छ भने २ वटा निकाल्न सकिएकाे छैन ।

फेला परेका शवहरू मध्य दुर्इ वटा नेपाली युवाकाे भएकाे बताइएकाे छ । विराटनगर शैनिक टाेल निवासी निश्चल घिमिरे र अर्काे एक लामिछाने थरका युवाकाे भएकाे प्रेम देवानले बताएका छन् ।

यसैगरी भारतकाे जाेगवनी १० टिकलिया बस्तीका शिवनाथ साहकाे शव समेत भेटिएकाे जानकारी अाएकाे छ । हामीले पाएकाे जानकारी अनुसार रेलवे स्टेशनकाे पश्चिम पट्टिकाे पाेखरीमा तैरिरहेकाे अवस्थामा शवहरू भेटिएकाे थियाे । बाँकी दुर्इ वटा शव पाेखरीकाे बिचमा भएकाले निकाल्न समस्या परेकाे बताइएकाे छ ।

दुर्इ नेपाली युवाकाे शब भने विराटनगर स्थित काेशी अंचल अस्पतालमा पाेस्ट मार्टमका लागि पठाइएकाे छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *