आजदेखि मौसममा सुधार : मौसमविद

साउन ३०, काठमाडौं – मौसमविद्ले सोमबारदेखि ठूलो पानी पर्ने सम्भावना नरहेको बताएका छन् । मनसुन सक्रिय पारेको प्रणाली कमजोर बनेकाले तत्काल बाढी आउने गरी ठूलो पानी नपर्ने मौसमविद वरुण पौडेलले जानकारी दिनुभयो ।

केही दिनको झरीका कारण तराईका केही जिल्लामा भने अहिले पनि बाढी आइरहेको छ । तर अब बिस्तारै नदी तथा खोलामा पानीको सतह कम हुँदै जाने पौडेलले बताउनुभयो । मनसुन कायमै रहेकाले लगातार झरी नपरेपनि वर्षा भने हुने उहाँले बताउनुभयो ।

यतिबेला चितवनको माडी, नवलपरासी र बर्दियामा पानी परिरहेको छ । मध्य र पश्चिमका केही ठाउँमा सोमबार पानी पर्ने पूर्वानुमान छ । पूर्वमा भने विस्तारै अब कम पानी पर्ने मौसमविद्ले बताएका छन् ।

यसैबिच बाढी पूर्वानुमान शाखाले बिजुली बत्ती अबरुद्ध भएकाले बाढीको सूचना प्रभावकारी बन्न नसकेको जनाएको छ । मोबाइलमा एसएमएस पठाए पनि बिजुली बत्ती नहुँदा त्यो जानकारी प्रभावितसम्म नपुगेकाले बाढीको बारे जानकारी दिन समाचार सुन्न शाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *