बाढी पहिरोमा परी घाइते भएकाहरुको तत्काल उपचारको व्यवस्था मिलाइने
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
साउन २९, मकालु खबर । सरकारले बाढी र पहिरोमा परी घाइते भएकाहरुको तत्काल उपचारको व्यवस्था मिलाउने प्रतिवद्धता जनाएको छ । स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले विपदमा परी घाईते भएकाहरुको उपचारका लागि तत्काल विराटनगर, जनकपुर, रौतहट र नेपालगंजलाई केन्द्र बनाएर जनशक्ति परिचालन गर्न लागिएको बताएका हुन् ।
आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले चार वटा मुख्य क्षेत्रलाई केन्द्र बनाएर बाढी तथा पहिरो पीडितहरुको स्वास्थ्य उपचारको व्यवस्था मिलाउने काम भइरहेको जानकारी दिए । मन्त्री पोखरेलले विपद्को यो बेला कुनै पनि स्वास्थ्यकर्मीलाई विदामा नबस्न तथा तालिम, सेमिनार वा गोष्ठी भएपनि छाडेर आ–आफ्नो कार्यक्षेत्रमा फर्कन पनि सचेत गराएका छन् ।
मन्त्री पोखरेलले विपदको यो बेला सबै स्वास्थ्यकर्मीहरुलाई काममा फर्कन वातावरण बनाई दिन वरिष्ठ चिकित्सक गोविन्द केसीलाई पनि आग्रह गरे । चिकित्सा क्षेत्रको समग्र सुधारको माग गर्दै आमरण अनसन बस्दै आउनु भएका वरिष्ठ चिकित्सक केसीको मागको सम्मान गर्दै सबै स्वास्थ्यकर्मीहरुलाई आ–आफनो कार्यक्षेत्रमा गएर बाढी र पहिरो पीडितको उपचारमा संलग्न हुने वातावरण बनाउन आग्रह मन्त्री पोखरेलले गरेका हुन् । मन्त्री पोखरेलले विपद्पछि फैलन सक्ने महामारी नियन्त्रण गर्न पनि सरकार सचेत रहेको पनि बताए ।
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)