कोशी ब्यारेजमा बम हान्न विप्लवलाई सामाजिक सञ्जाल प्रयोगकर्ताको अपिल !

सुजन पन्त, काठमाडौं । छिमेकी मुलुक भारतको कारण यतिबेला तराई डुबानमा छ । भारतले बाँधेका बाँधहरुद्वारा नेपाली नागरिकले आपतविपत झेल्नुपरेको छ । ठाउँ–ठाउँमा बाढीपहिरो गएका छन् । बाटोहरु अवरुद्व छन् भने आफ्नै नदीहरु थुनिएका छन् । देशमा धनजनको ठूलो क्षती भैरहेको छ ।

हामी नेपालीहरुको लागि ठूलो विडम्बना र दुःखको कुरा त यहाँ अर्कै छ । बाँध बाँधेर बन्द गरिएका ढोकाहरुको साँचो दिल्लीलाई थम्याएर चाहेको बेला ढोका खोल्न नपाउनु हामी नागरिकहरुका लागि कति ठूलो दुर्भाग्य बनेको छ । राज्यको यहि ठूलो गल्तिप्रति नागरिकहरु आक्रोस पोखिएका छन् ।

यही विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी सुरु भएका छन् । सरकारले केही नगरेपछि देशका नागरिकहरु विकल्पको लागि सामाजिक सञ्जालमार्फत नै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ लाई आग्रह गरिरहेका छन् ।

सामाजिक सञ्जाल फेसबुक, ट्विटरमा नेपाली नागरिकहरुको रक्षा गर्न कोशी ब्यारेजमा लगाएका बाँधहरुमा बम हान्न विप्लवलाई आग्रह गरिएको छ । दिपक खड्का नाम भएका एक फेसबुककर्ताले आफ्नो फेसबुकमा लेखेका छन्, ‘प्रिय कामरेड विप्लव ! कोशी ब्यारेजमा एउटा शक्तिशाली बम प्रहार गरि देउ, जिन्दगी भरी तिम्रो गुन गान गएर बस्छु ।’

त्यस्तै स्याङजाली विष्णु फेसबुकमा देख्छन्, ‘हेल्लो विप्लव काका कोशी ब्यारेमा २/४ वटा बम पड्काउन मिल्दैन् ।’

यस्तै मिलन देवकोटा लेख्छन्, ‘कोशी बेच्ने मातृका, गण्डक सम्झौता गरेर कालापानीमा भारतीय सेना राख्ने विपी कोइराला, टनकपुर बेच्ने गिरिजा, महाकाली बेच्ने केपी ओली र माकुनेका साखासन्तान अहिले यिनीहरु कट्टर राष्ट्रवादी ! नेपाली भेडाहरु यिनैलाई भोट हाल्छन् अनि तिमीहरुले दुख नपाए कसले पाउँछ ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *