बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या ४९ पुग्यो

काठमाडौँ,साउन २९ । तीन दिन देखि अविरल वर्षाका कारण बाढी र पहिरोमा परि ४९ जनाले ज्यान गुमाएका छन् भने १७ घाइते र ३६ जना वेपत्ता रहेका छन् ।

गृहमन्त्रालयले दिएको आइतबार १ बजेको तथ्याङ्कअनुसार ३५ हजार ८ सय ४३ घर डुबानमा परेका छन् । १ हजार घर पूर्ण क्षति ३ सय ९७ पशु चौपाया मरेका गृहमन्त्रालयको तथ्याङ्कमा देखिएको छ । त्यस्तै,हजारौँ परिवार विस्थापित भएका छन् ।

सुनसरीमा ८ र रौतहट ७, मकवानपुरमा ६, मोरङमा ६, सिन्धुलीमा ४,सुर्खेत, बाँके र झापामा ३÷३ जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

गृहमन्त्री जर्नादन शर्माले आइतबार बिहान पौने ११ बजेसम्म देशभरका विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानबाट ४७ को मृत्यु, ३६ बेपत्ता र २० जना घाइते भएका थिए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *