आज यात्रा गर्दैहुनुहुन्छ ! सावधान हुनुहोस् यी सडकखण्ड अवरुद्ध छन्


“
साउन २९, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार बिहान विभिन्न सडकखण्ड अवरुद्ध भएको जनाएको छ । महाशाखाले चितवनको कालिखोलामा झरेको पहिरोका कारण मुग्लिङग नारायणगढ सडकखण्ड हुँदै चल्ने सवारी पुर्ण रुपमा प्रभावित भएको जनाएको छ ।
उक्त सडकखण्ड भएर चल्ने सवारी साधन यतिबेला मुग्लिङ्ग, आबुखैरेनी र जुगेडी तथा रामनगरमै रोकिएको स्थानिय प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै धादिङ्गको तिघ्राखानी, झिङ्गाने डाँडा, र ज्यामिरे डाँडामा पहिरो झरेका कारण सवारी आवागमन अवरुद्ध भएको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाँउपालीका ५ चौबिस माईलमा शनिबार राति झरेको पहिरोका कारण बाटो पुर्ण रुपमा अवरुद्ध भएको छ ।
पहिरोकै कारण महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको बर्दघाट नगरपालीका ४ दाउन्नेमा शनिबारबाटै सवारी आवागमन अवरुद्ध भएको छ ।
दाउन्ने मुख्य सडक भासिएको कारण सवारी आवागमन अवरुद्ध भएको हो ।
पहिरोका कारण दक्षिणकाली–कुलेखानी–सिसनेरी, फाखेल– इनद्रसरोवर, पालुङ – वाघधुरा रुट भएर चल्ने सवारीहरुको आवागमन पुर्ण रुपमा अवरुद्ध भएको छ ।
“
