केरुङबाट काठमाडौं लैजान लागेको नौ किलो सुनसहित दुई पक्राउ

नुवाकोट, साउन २८। अवैध रुपमा केरुङबाट नुवाकोट हुँदै काठमाडौँ लैजान लागेको नौ किलो सुनसहित दुई जनालाई आज नुवाकोट प्रहरीले पक्राउ गरेको छ ।

चीनको केरुङबाट राजश्व छली मोटरसाइकलमा फल्सबटम बनाएर ल्याएको नौ किलो सुनसहित रसुवाको उत्तरगया गाउँपालिका–५ का दीपक घले र पार्वतीकुण्ड गाउँपालिका–५ का फुर्वा तामाङलाई विदुर नगरपालिका–१० सिमुटारबाट प्रहरीले पक्राउ गरेको हो ।

सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा बा ५५ प ८०६७ नंको मोटरसाइकलमा फल्सबटम बनाएर लुकाएको अवस्थामा छ किलो र त्यही मोटरसाइलमा चढेका फुर्वा तामाङले शरीरमा बाँधेर लुकाएको थप तीन किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलका चालक घले र पछाडी बसेका तामाङलाई गेर्खुबाट नियन्त्रणमा लिएपछि जिल्ला प्रहरी कार्यालयमा ल्याएर जाँच गरी फल्स बटम र शरीरमा बाँधेको अवस्थमा सुन बरामद गरिएको प्रनाउ कँडेलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *