युवा सशक्तीकरणका लागि लगानी बढाउनुर्छ: राष्ट्रपति

२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन २८ । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजको आर्थिक, सामाजिक तथा राजनीतिक परिवर्तनका संवाहक युवावर्ग नै भएकाले युवा सशक्तीकरणका लागि लगानी बढाउनुपर्ने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसका उपलक्ष्यमा युवा तथा खेककुद मन्त्रालय र मन्त्रालयअन्तर्गतका राष्ट्रिय युवा परिषद्द्वारा संयुक्तरुपमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले युवा सशक्तीकरणमा सरकार र निजी क्षेत्रलाई लगानी गर्न आह्वान गर्नुभयो ।
राष्ट्रपति भण्डारीले “युवामा गरिने लगानीले नै देशमा आर्थिक समृद्धि हुन्छ, दिगो विकास तथा शान्ति कायम हुन्छ,” भन्दै युवा नीति, रणनीति तथा दूरदृष्टि (युथ भिजन)लाई अझ प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन सरकारसँग आग्रह गर्नुभयो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित