बाढीले इटहरीमा सात जनाको ज्यान लियो,हराउँनेहरुको खोजी कार्य जारी

काठमाडौं,साउन २९ । अविरल बर्षाका कारण इटहरी उपमहानगरपालिकामा सात जनाको ज्यान गएको छ । गएराति देखि निरन्तर परेको बर्षाले वर्षाले स्थानीय बूढी खोलामा बाढी आउँदा सात जनाको मृत्यु भएको हो ।

बाढीमा परि केही व्यक्ति हराइरहेको र उनीहरुको खोजी कार्य जारी रहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरका प्रमुख डिआइजी रमेश भट्टराईले जानकारी गराएका छन् ।

भट्टराइका अनुसार पानीमा डुबेको अवस्थामा सात जनाको शव फेला परेको छ । स्थायी भोजपुर घर भई इटहरी–४ को गौरीगाउँमा बस्दै आएकी माया राईकी दुईवटा सन्तान मृत फेला परेका छन् ।  उनकी ८ वर्षीया छोरी रुप्सनी, तीन वर्षीय छोरा रुपेश मृत फेला परेका छन् ।

त्यस्तै, इटहरी–४ को आइतबारे बस्ने ४० वर्षका ईश्वर सुनवार, इटहरी–४ को गौरीगाउँ बस्ने वर्षीया माला साह, उनकी १० वर्षीय छोरी सिटी, इटहरी–२० बस्ने अन्दाजी ७५ वर्षीय एक वृद्ध र इटहरी–९ मा ३०र३५ वर्षकी एक महिलाको शव भेटिएको बताइएको छ ।

अहिलेसम्म प्राप्त सूचनाअनुसार इटहरीसहित पूर्वी क्षेत्रका चार तराई जिल्लामा बाढीपहिरोका कारण १३ जनाको ज्यान गइसकेको छ भने एक दर्जनभन्दा बढी हराइरहेका छन्। सयौं घरपरिवार विस्थापित छन्। पूर्वका विराटनगर, दमक, भद्रपुर, बिर्तामाड, इटहरी, राजविराज लगायत बजार जलमग्न छन्। यससँगै सवारी आवागमन ठप्प छ।

उता, मोरङमा अहिलेसम्म २ जना र झापा, सप्तरी, तेह्रथुम र पाँचथरमा ११ जनाको ज्यान गएको भट्टराईले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *