पाथिभरा गोल्डकपमा आजदेखि सेमिफाईनल चरणका खेल सुरु हुँदै

ताप्लेजुङ, साउन २८ । ताप्लेजुङमा जारी दोस्रो पाथिभरा गोल्डकप फुटवल प्रतियोगितामा आजबाट सेमिफाईनल चरणका खेलहरु सुरु हुँदैछ । सदरमुकामस्थित भानु जन माविको खेल मैदानमा हुने आजको पहिलो सेमिफाईनल खेलमा चर्च व्वाईज काठमाण्डौ र नव प्रयास युवा क्लब ताप्लेजुङ भिड्ने भएका छन् ।

चर्च व्वाईज काठमाडौ राष्ट्रिय जागृति क्लब ईटहरी र नव प्रयास क्लब ताप्लेजुङ दुईवटा क्लब रेड हर्स क्लब ईलाम र पथरी स्पोटिङ क्लब लाई पराजित गर्दै सेमिफाईनलमा प्रबेस गरेका हुन् । आजको खेल दिउँसो २ बजेबाट सदरमुकाम स्थित भानुजन उच्च माविको खेल मैदानमा सुरु हुने आयोजक लाखेजात्रा खेल सञ्चालन समितिले जानकारी दिएको छ ।

आजको विजेताले ससस्त्र प्रहरी फुटबल टिम दमक र सगरमाथा युवा क्लब, विराटचोक मोरङ विचको विजेतासँग फाईनलमा भिड्नेछ । हिजो भएको खेलमा तिर्थ बस्नेतले गरेको ह्याट्रिकको फाईदा उडाउँदै सगरमाथा युवा क्लव विराटचोक मोरङ सेमिफाईनलमा प्रबेस गरेको छ । २२ गतेवाट सुरु भएको खेलको फाईनल सोमबार श्रीकृष्ण जन्माष्टिमीको अवसरमा हुने छ । खेलको विजेताले २ लाख ११ हजार १ सय ११ र उपविजेताले १ लाख ११हजार १ सय ११ नगद प्राप्त गर्ने आयोजकले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *