मानव बेचबिखन विरुद्धको २० वर्षे ऐतिहासिक पुस्तक सार्वजनिक
“
काठमाडौं, साउन २८ । मानव बेचबिखन विरुद्ध संचालित २० वर्षे अभियानको इतिहास प्रष्टरुपमा झल्किने गरी मानब बेचबिखन बिरुद्ध एटवीनको २० वर्ष नामक पुस्तक सार्वजनिक भएको छ । महिला तथा बालबालिका बेचबिखन विरुद्ध सहकर्मी समुह एट्वीनको वार्षिक साधारणसभाको अवसरमा हिजो पुस्तक लोकार्पण गरेको हो ।
पुस्तकमा मानव बेचबिखन विरुद्ध बितेको २० वर्षमा के भयो, अहिले मानव बेचबिखनको अवस्था कस्तो, राज्यले कस्तो निर्वाह गरिरहेको छ, नागरिक समाजको भुमिका के हुनुपर्छ, मानव बेचबिखन नियन्त्रणका लागि कस्ता कस्ता कानुन बनेका छन्, ती ऐन कानुन कार्यान्वयनको अवस्था कस्तो रहेको भन्ने लगायतका मानब बेचबिखन सम्बन्धी सम्पुर्ण बिषय समेटिएको छ ।
कार्यक्रममा मानव बेचबिखन बिरुद्धका अभियन्ता एवं शक्ति समुहका संस्थापक सुनिता दनुवार, चरिमाया तामाङ, एट्वीनमा शुरुदेखि कार्यरत कार्यकारी निर्देशक बेनुमाया गुरुङ, बेचबिखन विरुद्धको अभियन्ता एवं मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपाललाई सम्मान पनि गरिएको थियो ।
“