लगातारको वर्षाले तराईका जिल्लाहरुको जनजीवन पनि प्रभावित

रौतहट, साउन २८ । गएको विहीवार रातिदेखी लगातार भईरहेको अविरल वर्षाले तराईका जिल्लााहरु डुवानमा परेको छ । विहीवार राति ८ बजेदेखी नै लगातार भईरहेको ठुल्लो वर्षाले तराईका रौतहट, सर्लाही,बारा, सहितका जिल्ला नै डुवानमा पर्दा समस्या भएको छ । लगातारको वर्षाले गाउँ गाउँमा पानी पस्न थालेको छ भने यहाँको जनजिवन पूर्ण रुपले प्रभावित बनेको छ । अविरल वर्षाले पूरै रौतहट जिल्ला नै डुवानमा परेको छ ।

वर्षाले किसानहरु लगाएको हजारौं विघा धानबाली डुवानमा परेको छ भने बाढी र वर्षाको पानीले जिल्लाका लगभग ८ हजार विघा भन्दा बढी धानखेत जलमग्न भएपछि किसानहरु चिन्तित भएका छन् । वर्षाले जिल्लाको सबै नदि खोलाहरुमा ठुल्लो बाढी पनि आएको छ । खोलाहरुमा आएको ठुल्लो बाढीले जमिन कटान गरी बस्तीमा पसेर जनधनको क्षति पुर्याउन थालेको छ ।

लगातारको वर्षाले रौतहटको शहरीदेखी लिएर ग्रामिण भेगको गाउँगाउँमा पानि पसेको छ जस्का कारण स्थानियहरु पानीमै बस्न बाध्य भएका छन् । जिल्लाको सबै खोलाहरुमा ठुल्लो बाढी आएर बाँध कटान गरी गाउँमा पसेर पुरै गाउँ नै डुवाएको छ । बाढी र वर्षाको पानीले सबभन्दा बढी खोलाको किनार र नजिकमा रहेको गाउँ डुवानमा परेको छ ।

वर्षाले लालबकैया र बागमति खोलामा आएको ठुल्लो बाढीले गाउँमा पस्दा उतरी र दक्षिणी भेगका पुरै गाउँ डुवानमा परेको छ । वर्षा र बाढीको पानीले गर्दा जिल्लाको गौर चन्द्रनिगाहपुर सडक देखी लिएर ग्रामिण क्षेत्रको पुरै सडक नै जलमग्न भएर अवरुद्ध बनेको छ । वर्षाले दर्जनभन्दा बढी सरकारी कार्यालय पनी डुवानमा परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *