रमेश उप्रेती र दीपिका प्रसाईरको ‘तिमी रोएको पल‘ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, साउन २८ । नेपाली कथानक चलचित्र ‘ऐश्वर्य’ को गीत सार्वजनिक गरिएको छ । कात्तिक २ गतेलाई रिलिज डेट तय गरिएको चलचित्र ‘ऐश्वर्य’को पहिलो रोमान्टिक गीतमा रमेश उप्रेती र नव नायिका दीपिका प्रसाईलाई फिचरिङ गरिएको छ ।

अर्जुन पोखरेलको शब्द र संगीत रहेको गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर छ । गीत सार्वजनिक कार्यक्रममा नायक रमेश उप्रेतीले ‘ऐश्वर्य’लाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखेको बताए । फिल्ममा रमेश र दीपिकासँगै केकी अधिकारी, केशव भट्टराई लगायतका कलाकारहरुको प्रमुख भूमिका छ ।

चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *