इजिप्टमा दुईवटा यात्रु रेल ठोक्किएर दुर्घटना, ४१ जनाको मृत्यु

काठमाडौं, साउन २८ ।  इजिप्टको उत्तरी क्षेत्रमा दुईवटा यात्रु रेल ठोक्किँदा कम्तिमा ४१ जनाको ज्यान गएको छ । दुर्घटनामा परि एक सय २० जना भन्दा धेरै घाइते भएको इजिप्टका स्वास्थ्य अधिकारीले बताएका छन् ।

तटीय शहर एलेक्जान्ड्रियामा यो दुर्घटना भएको हो । राजधानी कायरोबाट आउँदै गरेको र पोर्ट सईदबाट आउँदै गरेको रेल नेपाली समय अनुसार शुक्रबार बेलुका ६ बजे ठोक्किएका हुन् । दुर्घटना लगतैदेखि उद्धार तथा राहतको काम भइरहेको सरकारी अधिकारीले बताएका छन् । दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन । इजिप्टमा यस किसिमको रेल दुर्घटना निकै कम हुने गरेका छन् ।

यातायात मन्त्री हिशम अराफतले मानवीय त्रुटीका कारण दुर्घटना भएको हुन सक्ने बताउनुभएको बिबिसीले उल्लेख गरेको छ । उहाँले घटनाको छानबिन गर्न आदेश दिनुभएको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *