नेपाल टेलिकमको नयाँ वर्षको अफर तीन महिना थप

साउन २७ , काठमाडौं । नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए मोबाइल सेवाका ग्राहकलाई नयाँ वर्ष २०७४ तथा अन्य अवसरमा उपलब्ध गराएका विभिन्न प्रमोसनल अफरहरुलाई थप तीन महिनाका लागि निरन्तरता दिएको छ ।

कम्पनीले ल्याएका यी अफर उपभोक्ताहरुले अत्यधिक रुपमा रुचाएकोले यस अफरलाई निरन्तरता दिइएको हो । कम्पनीको प्रमोसनल अफर अन्तर्गत उपलब्ध गराइएको यो अफर २०७४ कात्तिक २३ गते सम्म कायम रहनेछ । अफरअन्तर्गत अल टाइम डाटा प्याकेज, नाइट डाटा प्याकेज, फेसबुकरइन्स्टाग्राम डाटा प्याक, फोरजी डाटा प्याक र नाइट भ्वाइस प्याकेज रहेका छन् ।

जीएसएम प्रिपेडरपोष्टपेड तथा सीडीएमए प्रिपेडरपोष्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज प्रयोग गर्न सकिने छ । अल टाइम डाटा प्याकेज अन्तर्गत २५ रुपैयाँमा सात दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ६० एमबी डाटा उपलब्ध गराइएको छ ।

त्यसैगरी ५० रुपैयाँमा १५ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १२५ एमबी डाटा, १ सय रुपैयाँमा ३० दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ४ सय एमबी डाटा, २ सय रुपैयाँमा ३० दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ८५० एमबी डाटा र ३ सय रुपैयाँमा ३० दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १५ सय एमबी डाटा उपलब्ध गराइएको छ ।

त्यसैगरी नाइट डाटा प्याकेज अन्तर्गत ४५ रुपैयाँमा ५ सय एमबी डाटा ७ दिन सम्म र ९० रुपैयाँमा १२ सय एमबी डाटा १५ दिनसम्म चलाउन पाइने छ । यो वाहेक २ सय रुपैयाँमा ३ जीबी डाटा र ३ सय रुपैयाँमा ६।५ जीबी डाटा तीस दिनसम्म चलाउन पाइने छ । नाइट डाटा प्याकेज राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ ।

फेसबुकरइन्स्टाग्राम डाटा प्याक अन्तर्गत २५ रुपैयाँमा ११० एमबी डाटा ७ दिन र ५० रुपैयाँमा २३० एमबी डाटा १४ दिन तथा एक सय रुपैयाँमा ५ सय एमबी डाटा र २ सय रुपैयाँमा ११ सय एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ ।

कम्पनीले जीएसएम प्रिपेडरपोष्टपेड मोबाइलमा पहिले देखि नै उपलब्ध गराइरहेको फोरजी डाटा प्याकलाई पनि निरन्तरता दिएको छ । यस अनुसार ५० रुपैयाँमा २ सय एमबी डाटा ७ दिनका लागि र एक सय रुपैयाँमा ५ सय एमबी डाटा १४ दिनका लागि उपलब्ध हुनेछ । त्यसैगरी २ सय रुपैयाँमा १२ सय एमबी, ३ सय रुपैयाँमा २ हजार एमबी र ५ सय रुपैयाँमा ३६ सय एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ ।

उपरोक्त फोरजी डाटा प्याक फोरजी नेटवर्क भएका स्थानहरुमा फोरजी मोबाइल सेट भएका ग्राहकहरुलाई लक्ष्यित गरी ल्याइएको हो । तथापि भ्वाइस कल हुँदाको समयमा प्राविधिक रुपमा थ्रिजीमा फलब्याक हुने हुँदा उक्त समयमा प्रयोग गर्न मिल्ने गरी प्रत्येक फोरजी डाटा प्याकमै ३० प्रतिशत डाटा भोल्युम टुजीरथ्रिजी नेटवर्कमा समेत प्रयोग गर्न मिल्ने व्यवस्था गरिएको छ । टुजीरथ्रिजी नेटवर्कमा प्रयोग नभएको अवस्थामा भने फोरजी डाटा प्याकको पुरै भोल्युम फोरजी नेटवर्कमै प्रयोग गर्न सकिने छ ।

नाइट भ्वाइस प्याकेज अन्तर्गत २५ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म २ सय ५० मिनेट कल सुविधा सात दिनसम्म उपभोग गर्न पाइने गरी उपलब्ध गराइएको छ । डाटा र भ्वाइस तथा फोरजी प्याकेज प्राप्त गर्नका लागि ८ज्ञद्धज्ञछ३ मा डायल गर्नु पर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *