एनआईसी एशिया बैंकले २० प्रतिशत सेयर वितरण गर्ने

साउन २७, काठमाडौं । नेपालकै अग्रणी बैक एनआईसी एशिया बैंकले आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत सेयर वितरण गर्ने भएको छ।

बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७३÷७४ को लागि नेपाल राष्ट्र बैंक तथा बैंकको २० औं वार्षिक साधारण सभाको स्वीकृति पश्चात आफ्ना शेयरधनीहरुलाई २० प्रतिशत सेयर बाँड्ने निर्णय गरेको हो ।

चुक्ता पूँजीको २१ दशमलव शुन्य ५ प्रतिशत लाभांश अर्थात २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १ दशमलव शुन्य ५ प्रतिशत नगद लाभांशबितरण गर्ने निर्णय गरेको प्रमुख सूचना अधिकृत रोशनकुमार न्यौपानेले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *