शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले वृद्धि

काठमाडौं, साउन २७ । शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले वृद्धि भयो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर तोलाको ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य बिहीबार पनि तोलामा ५०० रुपैयाँले नै बढेर तोलाको ५४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको भाउमा पनि तोलामा ५ रुपैयाँले वृद्धि आइ तोलाको ७ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १२ सय ९३ डलर हाराहारीमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *