निकिताको अभिनेता प्रदिप खड्कासँग फिल्म खेल्ने चाहना

साउन २७, मकालु खबर । ‘मिसे नेपाल २०१७’ निकिता चण्डकले अभिनेता प्रदिप खड्कासँग फिल्म खेल्ने चाहना भएको बताएकी छन् । फिल्म ‘प्रेमगीत २’ हेरेपछि निकिताले प्रेम (प्रदिप खडका) को अभिनय सार्है राम्रो लागेको बताउँदै भविष्यमा प्रेमसँग फिल्म खेल्ने इच्छा जताएकी हुन् ।

उनी बिहिबार प्रेमगीत २ हेर्न कुमारी हल पुगेकी थिईन् । उनले फिल्म हेरेपछि निकै राम्रो बनेको प्रतिक्रिया दिँदै कुनै दिन प्रदिपसँग फिल्म खेल्ने मौका पाए तयार हुने बताइन् । फिल्म ‘प्रेमगीत २’ यही साउन १३ गते रिलिज भएको थियो । फिल्म अहिले दोस्रो हप्ताबाट सफलतापुर्वक तेस्रो हप्तामा पुगेको छ ।

अभिनेता प्रदिप खड्का र अष्लेशा ठकुरीद्वारा अभिनित फिल्म ‘प्रेमगीत २’ को निर्माता सन्तोष सेन हुन् । फिल्मको निर्देशन रामशरण पाठकले गरेका छन् । यो फिल्म ‘प्रेम गीत’को सिक्वेल हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *