हाँस्दै,श्रीमती कल्पनाले चूडामणि शर्मालाई घर लिएर आइन्

काठमाडौं, साउन २७ । आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मा थुनामुक्त भएका छन् ।

शुक्रबार सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न आदेश दिएको हो ।

गत असार २७ गते सर्वाेच्चमा श्रीमती कल्पना उप्रेती (शर्मा)ले गैरकानूनी रुपमा श्रीमानलाई थुनामा राखेको भन्दै मुद्धा दायर गरेकी थिइन् । यससँगै सर्वाेच्चले शुक्रबार शर्मालाई थुनामुक्त गर्न आदेश सुनाएको हो । श्रीमती शर्माले सर्वाेच्चमा मुद्धा दायर गरेसँगै आज शर्मा थुनामुक्त भएपनि उनीमाथिको सुनुवाइ भने जारी रहने अदालतले जनाएको छ ।

यससँगै श्रीमती कल्पनाको मुहारमा खसी छाएको छ । सर्वोच्च अदालतले महानिर्देशक शर्मालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको बताइएको छ । श्रीमती शर्माले निवेदनमा तीनवटा विषयवस्तु उठान गरेकी थिइन् । सर्वाेच्चले आफ्ना पतिलाई गैरकानूनी रुपमा थुनामा राखेको, कर फर्स्यौट आयोगले गरेको कामकारबाहीमाथि अख्तियारको क्षेत्राधिकार नभएको र रिट निवेदनमा चुणमणिमाथि अख्तियारले दाबी गरेको विगो निकै बढी र अमानवीय प्रकृतिको रहेको भन्दै उनले मुद्धा दायर गरेकी थिइन् ।

सर्वोच्च अदालतले गत १७ गते चुडामणिलाई न्यायिक हिरासतमा राख्न आदेश दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *