रञ्जन नम्रताविना बाँच्नै नसक्ने भएपछि…

साउन २७, मकालु खबर । गायक शरद ढुंगेलको पहिलो एल्बम ‘प्रतिध्वनी’ मा ५ वटा गीत समावेश गरिएको छ । यो एल्बमको काठमाण्डौमा आयोजित एक कार्यक्रमका बिच गीतकार डाक्टर कृष्णहरि बरालले विमोचन गरे । एल्बममा समावेश ५ वटा गीत मध्ये २ वटा गीतको भिडियो पनि तयार भैसकेको छ ।

जसमध्ये ‘तिमी विना’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यो एल्बममा समावेश सबै गीतमा हेमन्त ढुंगेलको शब्द छ । सार्वजनिक भएको भिडियोमा मोडलद्धय रञ्जन रिमाल र नम्रता योगीले मोडलिङ गरेका छन् ।

निशान घिमिरेले सम्पादन गरेको भिडियोमा उत्सव दाहालको छायांकन छ । यूवराज वाइवाले भिडियोको निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =