उद्घाटन गर्ने तयारीमा रहेको पुल भाँचिदा ५ सर्वसाधारण घाइते

साउन २७, काठमाडौं । आगामी साता उद्घाटन गर्ने तयारीमा रहेको पुल बिहीवार भाँचिदा ५ सर्वसाधारण घाइते भएका छन् । करिब डेढ करोडको लगानीमा काठमाडौं महानगरपालिका स्थित पुरानो ढल्को चोकमा बनाइएको पक्की पुल उद्घाटन गर्न नपाउँदै भाँचिएको हो ।

शुक्रबार निर्माण सम्पन्न हुन लागेको पुलको निर्माण हिमसगरमाथा कन्स्ट्रक्सन प्रालिले  गरेको हो । कम्पनीका इन्जिनियर रविन श्रेष्ठले भने ‘अन्तिम स्ल्याब हाल्ने क्रममा पुल भाँचिएको हो ।’

लोड थेग्न नसकेर पुल भाँचिएको निर्माण कम्पनीको दाबी छ । तर, यो निर्माणको अन्तिम चरणमा रहेको पुलमा अतिरिक्त लोड केही पनि थिएन । स्थानीयबासीका अनुसार कमजोर सामग्रीको प्रयोग र निर्माणको लापरवाहीले पुल भाँचिएको हो ।

करीव डेढ वर्ष अघि ठेक्का सम्झौता भएर एक वर्ष अघि देखि पुल निर्माणको काम अघि बढाइएको थियो । डेढ करोड रुपैयाँ लागतमा पुल निर्माणको सम्झौता भएको थियो । पुल निर्माणका लागि त्यसको डिजाइन सडक विभागबाटै पास गरिएको निर्माण कम्पनीको दाबी छ ।

स्थानीय बाबुकाजी महर्जनका अनुसार उक्त स्थानमा पुल आवश्यक नै थिएन । ‘यसको २ सय मिटर तल-माथि नै पक्की पुल छन्,’ उनले भने, ‘यो स्थानमा पुल आवश्यक नै छैन ।’ अर्का एक स्थानीयले सरकारले आवश्यकता नभएको स्थानमा पुल बनाएर बजेट सक्ने मेलो मात्र गरेको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *