जिल्ला समन्वय समितिमा एमालेको प्यानल नै बिजयी

स्याङजा, साउन २७ । जिल्ला समन्वय समिति स्याङ्जाको निर्वाचनमा नेकपा एमालेको प्यानल बिजयी भएको छ । निर्वाचनमा १५ मत ल्याएर एमाले बैकल्पिक केन्द्रिय सदस्य सिता कुमारी सुन्दास प्रमुखमा बिजयी हुनुभएको मुख्य निर्वाचन अधिकारी रमेशकान्त अधिकारीले जानकारी दिनुभयो । सुन्दाससँगपराजित कांग्रेस क्षेत्रिय नेता अर्जुन प्रकाश अर्यालले ७ मत ल्याउनु भएको थियो ।

त्यस्तै, उप प्रमुखमा एमालेका दिलिप बगालेले ८ मतको अन्तरले कांग्रेस नेतृ शक्तिचन्द्र अर्याल अधिकारीलाई पराजित गर्नु भएको हो । समन्वय समिति सदस्यमा धनमाया बिक, सिता थापा, टिका कुमारी डुम्रे, गुमान सिहँ थापा, तेजेन्द्र सुनार, बिष्णु प्रसाद आचार्य र बिष्णु चन्द बिजयी हुनु भएको छ ।

११ स्थानीय तह रहेको स्याङ्जामा बैशाख ३१ गते भएको निर्वाचनमा एमाले २ प्रमुख र ५ अध्यक्ष तथा २ उपप्रमुख र ६ उपाध्यक्षमा बिजयी भएको थियो भने कांग्रेस ३ प्रमुख र १ अध्यक्ष तथा ३ उपप्रमुखमा बिजयी भएको थियो । मतगणना पश्चात समन्वय समिति प्रमुख तथा उप्रमुख र सदस्यहरुले हिजै सपथ ग्रहण गरी पदभार सम्हाल्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *