बालविवाह गराए तीन बर्ष कैद

२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन २७ । मोरङका चन्दन ऋषिदेवले १६ बर्षको उमेरमा आफुभन्दा कान्छीसंग विवाह गरे । कक्षा ८ मा पढ्दा पढ्दै आफुखुसी विवाह गरेका कारण उनलाई घरबाट निकालियो ।
पत्नी पाल्ने पाल्ने जिम्मेवारीका कारण उनले पढाई छोडे । विवाहको दुई बर्षमा छोरा जन्मिएपछि शिक्षा र सी नभएका यो दम्पतीलाई गुजारा चलाउन हम्मे भयो ।
चन्दनले बालबाविहका कारण भोग्नुपरेको पीडा सुनाएलगत्तै हेटौंडाकी मनीषा लामाले पनि यस्तै ब्यथा सार्वजनिक गरिन् ।
२० बर्ष नपुगी गरिएका विवाह स्वत : रद्ध हुने विवाह गर्ने केटाकेटीका साथै गारउने ब्यक्तिलाई तीन बर्ष कैद वा ३० हजार जरिवाना वा दुै हुन सक्ने ब्यवस्था गरिएको छ ।, यो अबर आजको अन्नपुर्ण पोष्टमा छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित