कांग्रेसका पुर्वसचिवसहित ३० जनाद्धारा राजीनामा

काठमाडौं, साउन २७ । नेपाली कांग्रेस जिल्ला कार्य समितिका संगठन विभाग प्रमुख तथा पुर्वसचिव धनराज पण्डितसहित ३० जनाले बिहीबार संयुक्त रुपमा पदबाट राजीनामा दिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।

नेपाली कांग्रेसका नेतृत्व तहमा रहेका नेताहरुले मनोमानी रुपमा जिल्ला समन्वय समिति बाजुराको प्रमुख उपप्रमुख र सदस्यहरु छनौटमा एकलौटी गरेको प्रति
असन्तुष्ट जनाउँदै संयुक्त राजीनामा दिएको धनराज पण्डितले बताए ।

राजीनामा दिनेमा नेपाली कांग्रेसका ७ जना जिल्ला कार्य समिति सदस्य धनराज पण्डित, उमा रोकाया, गोविन्द्र सिंह, नन्द थापालगायत छन् ।, यो खबर आजको कारोवारमा छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *