केपी ओली भन्छन् ‘माओवादी केन्द्र भेट्नो नभएको पात’

साउन २६, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र अव समाप्त हुने चेतावनी दिएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले माओवादी केन्द्र समाप्त हुने बताएका हुन् ।

माओवादी केन्द्र सहित विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकालाई पार्टी प्रवेश गराउदै उनले भने–‘माओवादी अव पार्टी भएन, केन्द्र भयो । जो छ केन्द्रमा छ, तल त केही बाँकी रहेन ।’ ओलीले माओवादी केन्द्रमा नीति, विचार र आदर्शको जीवनतत्व नभएको जिकिर गरे । उनले माओवादी केन्द्रलाई भेट्नो नभएको पातको संज्ञा दिए ।

कार्यक्रममा नेपाली काँग्रेस प्रति कटाक्ष गर्दै ओलीले काँग्रेस परिवर्तन र विकासलाई अंगाल्न नसक्ने पार्टी भने ।

उनले तेस्रो चरणको निर्वाचनमा पनि आफ्नो पार्टी पहिलो शक्ति बन्ने दाबी गदै शान्ति, संवृद्धि र विकासका लागि एमाले प्रतिबद्ध रहेको जिकिर गरे । ‘राष्ट्रियताको सवाल, लोकतन्त्रको सवाल होस्, देशलाई समृद्धिमा लिएर जाने सवाल होस् वा स्वाधीनताको सवाल होस् यी एमालेका नीति हुन् ।’ ओलीले नेपालको राजनीति र समाजनीति कस्तो हुनुपर्ने विषयमा एमाले प्रस्ट रहेको बताए ।

कार्यक्रममा माओवादी, मधेसकेन्द्रित दल र काँग्रेसका गरी ३५७ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए । ०३२ सालदेखि माओवादीको पूर्ववर्ती समूह नेकपा चौमको नेता रहेका गणेश अधिकारीले एमालेको राजनीतिक दृष्टिकोण, विकासको योजना, राष्ट्रिय एकता र अखण्डताको अडानबाट प्रभावित भएर एमाले प्रवेश गरेको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *