बालविवाह अन्त्य गराउन सरकारी कार्यक्रम प्रभावकारी नभएको राष्ट्रपति भण्डारीको भनाई

२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन २६ । राष्ट्रपपति विद्यादेवी भण्डारीले बालविवाह अन्त्य गराउन सरकारी कार्यक्रम प्रभावकारी हुन नसकेको गुनासो गरेकी छन् ।
वर्ल्ड भिजन इन्टरनेसनल र सामुदायिक रेडियो प्रसारक संघले बिहीबार राजधानीमा संयुक्तरुपमा गरेको कार्यक्रममा उनले ‘बालविवाह रणनीति २०७२’ सुरु भइसक्दा पनि बालविवाह उल्लेखरुपमा अन्त्य नभएको गुनासो गरे ।
बालविवाहकै कारण बालिकाहरुले शारीरिक र मानसिक समस्या भोग्नुपरेको भन्दै उनले आर्थिक र सामाजिक विकासमा बालविवाह बाधक रहेको चेतना जगाउनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा महिला बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइराला खनालले बालविवाह रोक्न आफ्नो मन्त्रालय प्रतिबद्ध रहेको बताइन् ।
यस्तै, कानुनमन्त्री यज्ञबहादुर थापाले बालविवाह रोक्न बलियो कानुन बनाउन आफू प्रतिवद्ध रहेको बताए ।
२० वर्ष नपुगी हुने विवाह स्वतः खारेज हुने र बालविवाह गराउनेलाई तीन वर्षको सजाय र ३० हजार रुपैयाँसम्मको जरिवाना हुने कानुन ल्याउने उनीहरुको भनाइ थियो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित