सञ्चारकर्मी शितल शर्माको ‘नमुना जोडी’ बजारमा (भिडियोसहित)

काठमाडौं, साउन २६ । नेपाली सञ्चारकर्मी एवम् उद्घोषिकाका रूपमा आफ्नो परिचय कमाउन सफल शितल शर्माको एल्बम ‘नमुना जोडी’ले बजारमा व्यापक चर्चा बटुल्न सफल भएको छ ।

बुटवलको स्थानीय बुद्ध टेलिभिजनमा समाचारवाचिकाको रूपमा काम गर्दै आएकी शर्माले तेस्रोलिङ्गी बिनिता शाहीलाई आफ्नो म्युजिक भिडियोमा खेलाएकी छन् ।

राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा स्थानीय स्टेज कार्यक्रमहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी विनिता पहिलोपटक म्युजिक भिडियोमा देखिएकी हुन् । उनले भिडियोमा राम्रो प्रस्तुति दिएकी छन् ।

नेपाली समाजमा तेस्रोलिङ्गीलाई हेर्ने दृष्टिकोणलाई बदल्नका लागि आफ्नो म्युजिक भिडियोमा शितल शर्माले स्थान दिएकी हुन् ।

विभिन्न स्टेज कार्यक्रमहरूमा कलाकारिता देखाउँदा आफू तेस्रोलिङ्गी भएकोमा गर्व गर्ने विनिता शाहीले अब आफू ‘नमुना जोडी’बाट जम्ने बताएकी छन् ।

विन्ध्यवासिनी म्युजिकले बजारमा ल्याएको ‘नमुना जोडी’ को निर्माण बुटवलमा अविरल फिल्म्सले गरेको छ ।
शर्माको म्युजिक भिडियोको निर्देशन, छायांकन तथा सम्पादन विष्णु भट्टराईले गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *