सप्तकोसी नदीमा पानीको बहाव उच्च, ब्यारेजका ३० ढोका खोलिए

२०७४ जेठ १५ गते

“
राजविराज, साउन २६ । पूर्वी तराई र पहाडी क्षेत्रमा अविरल वर्षापछि सप्तकोसी नदीमा पानीको बहावमा उच्च वृद्धि भएको छ ।
नदीमा पानीको सतह बढेपछि कोसी ब्यारेजमा खतराको संकेतस्वरुप रातोझन्डा र रातोबत्ती बाल्नुका साथै ब्यारेजका ५६ मध्ये ३० ओटा ढोका खोलिएका छन् ।
बिहीबार दिउँसो नदीमा पानीको बहाव प्रतिसेकेन्ड २ लाख ५० हजार ५ सय ९० क्युसेक पुगेको जनाइएको छ ।
कोसी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेकभन्दा माथि पुगेपछि खतराको संकेत रातोबत्ती बाल्ने गरिन्छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित