फिफा वरियता सार्वजनिक : नेपाल एक स्थान माथि ब्राजिल पहिलो

साउन २६, काठमाडौं । फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लिएर १ सय ६९ औँ स्थानमा पुगेको छ । विश्व वरियतामा ९७ औं स्थानमा रहेको भारत दक्षिण एसियामा पहिलो स्थानमा छ । माल्दिभ्स १ सय ४२ औं स्थानमा छ । अफगानिस्तान १ सय ५६ औं र भुटान १ सय ६५ औं स्थानमा छन् । बंगलादेश १ सय ८९ औं स्थानमा छ । श्रीलंका १ सय ९७ र पाकिस्तान २ सय औं स्थानमा छन् । यस्तै, जर्मनीलाई पछि पार्दै ब्राजिल विश्व वरियताको शीर्ष स्थानमा उक्लिएको छ । गएको महिना सार्वजनिक वरियतामा ब्राजिललाई पछि पार्दै जर्मनी पहिलो स्थानमा थियो ।

यी हुन उत्कृष्ट १५ देश

ब्राजिल
जर्मनी
अर्जेन्टिना
स्वीट्जरल्याण्ड
पोल्याण्ड
पोर्चुगल
चिली
कोलम्बिया
बेल्जियम
फ्रान्स
स्पेन
इटाली
इंग्ल्याण्ड
मेक्सिको
पेरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *