फेसबुकको नयाँ भिडियो फिचर

साउन २६, मकालु खबर । सामाजिक सञ्जाल फेसबुकले नयाँ भिडियो फिचर ल्याउने भएको छ । भिडियो लाइभ फिचरले सफलता पाएपछि फेसबुकको युट्युब र टिभी नेटवर्कलाई चुनौती दिने गरी विभिन्न भिडियो हेर्न मिल्ने ‘वाच’ फिचर सुरु गर्न लागेको हो ।

प्रयोगकर्ताले चाँडै ‘वाच’ फिचरको मज्जा लिन पाउने फेसबुकका संस्थापक मार्क जुकरबर्गले बताएका छन् । ‘वाच’ फिचर पर्सनलाइज हुने भएकाले प्रयोगकर्ताले उनीहरुको रुची तथा साथीले हेरिरहेका भिडियो हेर्न पाउने छन् । यस्तै भिडियो हेरेपछि त्यसमा कमेन्ट गर्न तथा त्यो भिडियो साथीहरुलाई सुझाउन सक्ने छन् ।

फेसबुक वाचमा राखिएका भिडियो निश्चित समयका लागि हुनेछन् । नयाँ फिचरले फेसबुक तथा विभिन्न भिडियो कार्यक्रम उत्पादकलाई आयको नयाँ ढोका पनि खोल्नेछ । वाच फिचर पहिले अमेरिकामा लागु गरिने र त्यसपछि बिस्तारै विश्वका सबै क्षेत्रमा सुरु हुने फेसबुकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *